काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (आइतबार) जनकपुर जाने भएका छन् । मधेश प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास गर्नकोलागि प्रधानमन्त्री ओली जनकपुर जान लागेका हुन् ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री ओली भोलि जनकपुर जाने जानकारी दिएका हुन् ।
महेन्द्र नारायण निधी संस्कृति भवनमा राखिएको कार्यक्रमबाट नै प्रधानमन्त्री ओलीले कालोपत्रे सडक निर्माणको डिजिटल शिलान्यास गर्ने जनाईएको छ ।




प्रतिक्रिया