काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी ओलीले एमालेलाई धुलो बनाउनेहरुको उद्देश्य असफल भएको र अब ०८४ मा स्पष्ट बहुमत ल्याउन कसैले नरोक्ने दाबी गरेका छन् । आज (शनिबार) नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मिसन ०८४ को सफलता भनेको एमालेले स्पष्ट बहुमत प्राप्त गर्नु भएको स्पष्ट पारे ।
उनले नेकपाकालमा आफूलाई प्रचण्ड र माधव नेपाल समूहले साधारण सदस्यसमेत हुन नपाउने गरी हटाएको पनि स्मरण गरे । देश बनाउन हिँडेको एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं र धुलो पार्छो भनेर प्रतिक्रियावादीहरूले एमालेविनाको देश कल्पना गरेको भएपनि त्यो षड्यन्त्रलाई असफल आफूहरुले असफल बनाएको ओलीको भनाई छ ।




प्रतिक्रिया