च्याम्पियन्स लिगको उपाधि पिएसजीले जित्यो


काठमाडौं, १८ जेठ । फ्रान्सेली क्लब पिएसजीले च्याम्पियन्स लिगको उपाधि जितेको छ। पिएसजीको लागि च्याम्पियन्स लिगको यो उपाधि पहिलो हो । यसअघि उसले उपाधि चुम्न सकेको थिएन । मेस्सी, नेयमार र एमबाप्पेजस्तो खेलाडी हुँदापनि पिएसजीले च्याम्पियन्स लिगको उपाधि जित्न सकेको थिएन ।

पिएसजीले च्याम्पियन्स लिगको उपाधि जित्दा इन्टर मिलान स्तब्ध बन्यो । पिएसजीसँग मिलान ५ गोलको अन्तरले पराजित हुनुपरेको हो । पिएसजीको जितमा डिजेर डुवेले दुई गोल गरे । यस्तै, हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले एक÷एक गोल गरेका हुन् ।