ऋषि धमलाद्वारा मिस एण्ड मिसेस रोयल ग्लोबल क्वीनको ग्राण्ड फिनालेको उद्घाटन


काठमाडौं, १८ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले ‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्वीन’ ग्राण्ड फिनालेको उद्घाटन गरेका छन् ।

शाह स्टुडियो एण्ड कम्पनीको आयोजनामा आज (शनिबार) काठमाडौंको नाचघरमा आयोजित फिनालेको पत्रकार धमलाले उद्घाटन गरेका हुन् ।