रास्वपा संसदीय दल र सचिवालय बैठक बस्दै


काठमाडौं, जेठ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ । आज दिउँसो एक बजे पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।

त्यस्तै, दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने तय भएको छ । संसदीय दलको बैठक पनि पार्टीको केन्द्रीय कार्यालयमै बस्दैछ ।

बैठकमा समसामयिक राजनीतिबारे छलफल हुनेछ भने भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकको राजीनामाबारे छलफल हुने जनाइएको छ ।