गृहमन्त्री लेखकको राजीनामा नआएसम्म माओवादीले संसद् अवरोध कायमै राख्ने


काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । आज (सोमबार) माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसद् खुलाउनका लागि गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाउने निर्णय गरेको हो ।