बाँके, २० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच सरकार गठनको बेलामा भएको ७ बुँदे सहमति कार्यान्वयन नभएकोमा प्रश्न उठाएका छन् । थापाले सरकार चलाउन रमाएर बस्दा आफूहरुले संविधान संशोधनको मुख्य वाचा बिर्सिएको स्विकारेका छन् । आज (मंगलबार) नेपाल स्वास्थ्यकर्मी संघको ३४औँ स्थापना दिवसको अवसरमा बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हामी कांग्रेस र एमाले सरकार चलाउँदा यति मस्त भएका छौँ कि संविधान संशोधनको मुख्य वाचा हामीले बिर्सियौँ। त्यसैले यो अलमलबाट बाहिर निस्किएर कांग्रेस र एमालेले सात बुँदामा गरेको बाचाअनुरुप संविधान संशोधनका निम्ति गर्नुपर्ने काम तत्काल प्रारम्भ गर्नुपर्ने छ।’
उनले अहिलेको व्यवस्था सही भएकोले टिक्ने दाबी गरे । तर, यसको लागि नागरिकलाई भरोसा दिलाउनुपर्नेमा उनको जोड दिए । उनले थपे,‘नागरिकलाई भरोसा दिलाउनु पर्नेछ– संघीय लोकतान्त्रिक व्यवस्था नै हो, यही व्यवस्था टिक्छ। यो व्यवस्थामा केही कमजोरीहरु छन्, यो कमजोरीहरु हामी सुधार्छौँ।’ Photo Source: Mission PM/Facebook




प्रतिक्रिया