प्रचण्ड निवासबाट फर्किए वाईसिएल नेताहरू, नेतृत्व सर्वसम्मत् चयनको तयारी


काठमाडौं, २१ जेठ । नेकपा (माओवादी केन्द्र) निकट संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व सर्वसम्मत् रुपमा चयन हुने तयारी गरिएको छ । अध्यक्षमा आकांक्षीहरु धेरै भएपछि सर्वसम्म्त नेतृत्वको तयारीको लागि नेताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए ।

खुमलटारले पनि सर्वसम्मत् नेतृत्व ल्याउन निर्देशन दिएपछि मोटामोटी सहमति गरेर नेताहरु महाधिवेशन हल प्रज्ञा भवनमा आएका छन् । अहिले सर्वसम्मत् नेतृत्व चयनको लागि तयारी थालिएको छ ।