सिंहदरबारमा विपक्षी दलहरुको बैठक सुरू


काठमाडौं, २२ जेठ । प्रतिनिधिसभाको बैठक बस्नुअघि विपक्षी दलहरुको बैठक बसेको छ । अहिले सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक जारी छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षीहरुले सदन अवरोध जारी राखेका छन् ।

विपक्षीहरुले गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र छानबिन समितिको प्रतिबद्धता आएपछि मात्रै सदनको अवरोध हटाउने भनेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने आजको बैठक चल्न दिनेगरि लचकता देखाएको छ । माओवादी केन्द्र गृहमन्त्री लेखकको राजीनामाबाट ब्याक हुने चर्चा छ ।