माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, २२ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काभ्रेको पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । सो जग्ग सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर भएसँगै उनको सांसद पद पनि निलम्बनमा परेको छ ।