काठमाडौं, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि पहिलो प्रतिक्रिया दिएका छन् । उनले आफूलाई अहिलेसम्म के के भयो भन्ने कुरा थाहा नभईसकेकोले काठमाडौं आएर कानून व्यवसायीसँग परामर्श लिने प्रतिक्रिया दिएका छन् ।
उनी यतिवेला गृहजिल्ला रौतहटमा छन् । रौतहटमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले काठमाडौं पुगेर मात्रै डिटेल बुझ्ने बताएका हुन् । नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा दर्ता भएको छ । file photo




प्रतिक्रिया