काठमाडौं, २२ चैत । सरकारले लगायको निषेधाज्ञा विरुद्ध युवाहरुले सिंहदरबारको दक्षिण गेटमै प्रदर्शन गरेका छन्। बिहिबार दिउँसो सन्देश शाही, पारस शाही, पवन मल्ल र किशोर ठकुरीले सिंहदरबारको दक्षिण गेटमै प्रदर्शन गरेका थिए।
प्रदर्शनलगत्तै उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
उनीहरुले ब्यानरमा नेपालीलाई नेपालमै निषेधज्ञा गर्न पाइँदैन । ‘गिरिबन्धुमा ओली कहिले पक्राउ पर्छन्’ जस्ता नाराहरू राखेका थिए ।





प्रतिक्रिया