काठमाडौं ओर्लिनेबित्तिकै माधव नेपालको सक्रियता बढ्यो, कानून व्यवसायीसँगको परामर्शलगत्तै पार्टीको बैठक


काठमाडौं, २२ जेठ । आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि माधव कुमार नेपाल काठमाडौं आएका छन् । अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको समाचार आउँदा माधव नेपाल गृहजिल्ला रौतहटमा थिए । उनी रौतहटबाट सिमराहुँदै जहाजमार्फत काठमाडौं आएका हुन् ।

उनलाई सिमरामा पार्टीका सांसद कृष्णकुमार श्रेष्ठले बिदाई गरेका थिए । यता, काठमाडौं ओर्लनेबित्तिकै उनी कानूनी परामर्शमा जुटेका थिए । उनले वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र गोविन्द बन्दीसँग छलफल गरेका थिए ।

अहिले पार्टीको बैठक राखेका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अहिले एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । एकीक्ृत समाजवादीले अध्यक्ष नेपालविरुद्ध प्रतिशोध साँधिएको भनेको छ। file photo