वाईसीएलको निर्वाचनमा विलम्ब, नयाँ कार्यतालिका सार्वजनिक


काठमाडौं, २३ जेठ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व सर्वसम्मत् रूपमा चयन गर्ने नाममा निर्वाचन कार्यतालिका प्रभावित भएको छ। आज दिउँसो १ बजेको लागि तय भएको निर्वाचन कार्यतालिका पुनः संशोधन गरेर दिउँसो पौने ३ बजे पुर्याईएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले वाईसीएलको अध्यक्ष सर्वसम्मत् ल्याउन चाहेकोले निर्वाचन कार्यतालिका प्रभावित बनेको चर्चा छ । संशोधित कार्यतालिकाअनुसार दिउँसो २ः४५ बजे उम्मेदवारको नाम प्रकाशन र दाबी विरोधको समय तोकिएको छ ।

यस्तै, उम्मेदवारउपर परेका उजुरीको सूचना प्रकाशनको समय दिउँसो ३ः३० बजे, ३ः४५ मा उजुरीउपर छानबिन गरी निर्णय गर्ने निर्वाचन आयोगले निकालेको सूचनामा जानकारी गराइएको छ । उम्मेदवारको अन्तिम नामावली साँझ ५ः२० बजे प्रकाशन गरिने निर्वाचन आयोगले जानकारी गराएको छ । file photo