राजावादी आन्दोलन बुढाहरूले तुहाउन प्रयास गरे, तर युवाले तुहिन दिने छैनन् : स्वागत नेपाल


काठमाडौं, २५ जेठ । संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले राजावादी आन्दोलन बुढाहरुले नभएर युवाहरुले सफल पार्ने बताएका छन् । आफूले सकेसम्म यो आन्दोलनमा लागेका बुढाहरुलाई मिलाउन र सम्झाउन प्रयास गरेको भएपनि उनीहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समिक्षा बैठक राखेको गुनासो गरेका छन् ।

नेपालले आफ्नो फेशबुक पेजमार्फत लेखेका छन्–‘बुढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समिक्षा बैठकपनि मिडियाको बीचमा गरेर भताभुंङ्ग पारे, जनभावनालाई तुहाउन प्रयास गरे । तर, युवाले तुहिन दिने छैन । आन्दोलन सफल भएरै छोडनेछ । केही समयको मात्र धैर्य जरुरी छ । हार नस्विकार्नेलाई कसैले हराउन सक्दैन साथीहरु, ढुक्क हुनुहोला ।’

पछिल्लो समय राजावादी आन्दोलन तुहिएको चर्चा छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि बर्खा लागेकोले अहिले आन्दोलन नगर्ने भनेर भनिसकेका छन् । file photo