नेपाल टेलिकमकी प्रवन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, २५ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियारले आज (आइतबार) विशेष अदालतमा पहाडीसहित १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि नेपाल टेलिकमको बिलिङ सिस्टममा भ्रष्टाचार गरेको आरोप छ । र, उनीहरुसँग ३३ करोड बिगो मागदाबी गरिएको छ ।