काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद अमनलाल मोदीले सदनको अवरोध खुलाउने वा जारी राख्ने भन्ने विषयमा अब बल सत्तापक्षको कोर्टमा रहेको बताएका छन् । उनले भने,‘अब बल सत्तापक्षको कोर्टमा छ, उहाँहरुले खुलाउन चाहे खुल्छ । अवरोध गर्न चाहेको हो भने अवरोध हुन्छ ।’
आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भिजिट भिसा प्रकरणमा यत्रो विषय उठिसकेको अवस्थामा छानबिन समिति गठनको आश्वासन आउनुपर्नेमा सत्तापक्षबाट त्यो नआएकोमा गुनासो पोखे ।
उनले ०४८ सालदेखिका गृहमन्त्रीहरुलाई यो प्रकरणमा छानबिनमा ल्याउनुपर्नेमा आफूहरुको जोड रहेको छ । उनले गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्दा नै सबभन्दा राम्रो विकल्प हुने बताए । उनले विषय उठेपछि राजीनामा दिएर गृहमन्त्रीले अनुसन्धानमा सघाउनुपर्ने मत राखे । उनले आफूहरु जिम्मेवार रुपमा प्रस्तुत हुँदा सत्तापक्ष गैरजिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाए । file photo




प्रतिक्रिया