काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक आधा घण्टाको लगि स्थगित् भएको छ । बैठक सुरु हुनासाथ विपक्षीहरुले उठेर अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराएका हुन् । भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
तर, आजसम्म आईपुग्दा विपक्षीहरु गृहमन्त्रीको राजीनामाबाट ब्याक भएर छानबिन समिति बन्ने प्रतिबद्धता आएपनि सदनको अवरोध हटाउन तयार रहेको सन्देश प्रवाह गरिएको छ । यद्धपी रास्वपाले भने आफ्नो अडान कायमै रहेको जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेपछि गृहमन्त्री लेखकको राजीनामाको अडानबाट माओवादी ब्याक हुने संकेत गरेको छ ।




प्रतिक्रिया