काठमाडौं, २७ जेठ । नेपाल मेडिसिटी हस्पिटलको सिईओमा डा. अमित तोमर नियुक्त भएका छन् । अस्पतालले आज तोमर सिईओमा नियुक्त भएको जानकारी दिएको छ ।
हस्पिटल म्यानेजमेन्टमामा युनिभर्सिटी अफ लिड्स (युके) बाट मास्टर गरेका तोमर हस्पिटल एण्ड हेल्थकेयर क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव हाँसिल गरेका व्यक्तित्व हुन् ।
मेडिसिटी अस्पताललाई हेल्थकेयर एक्सलेन्समा नयाँ उचाईंमा पुर्याउनको लागि नवनियुक्त सिईओको भूमिका महत्वपूर्ण हुने पनि अस्पताल प्रशासनले जनाएको छ ।




प्रतिक्रिया