काठमाडौं, २७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुरसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
धनुषाको औरही गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा ठाकुरविरुद्ध अख्तियारले आज मुद्दा दायर गरेको हो ।
ठाकुर धनुषा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित एमालेका सांसद हुन् । अख्तियारले उनीहरुसँग ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ बिगो दाबी गरेको छ ।





प्रतिक्रिया