काठमाडौं, २८ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सदन खुलाउने कुरामा पूर्ण सहमति नभएको बताएका छन् । सदन खुलाउने बल अब सत्तापक्षको कोर्टमा रहेको उनको भनाई छ ।
आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भिजिट भिसा प्रकरणमा कुनै प्रकारको छानबिन समिति बनाउनुपर्ने आफूहरुको अडान कायमै रहेको बताए ।
उनले सदन खुलाउने विषयमा होमवर्क भैरहेको भएपनि सहमति नभईसकेको जिकिर गरे । उनले आफूहरुले गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न पाउनुपर्ने धारणा राखे । तर, भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि सरकराले क्लियर गर्नुपर्ने उनको मत छ । उनले गृहमन्त्री लेखकले छानबिनको लागि आफू तयार छु भनेर भन्नुपर्ने बताए ।




प्रतिक्रिया