काठमाडौं, जेठ २८ : सुदृढ तथा शिक्षित समाज निमार्णमा हातेमालो गराैं´ भन्ने उद्देश्यका साथ लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्रले सहीद सन्तति वृत्ति काेषकाे स्थापना गरेका छन् । मिश्रले मधेस आन्दोलनकाे समयमा सहादत प्राप्त वीर सहीदका सन्तानहरूकाे शिक्षामा याेगदान पुगाेस् भन्ने उद्देश्यका साथ ५१ हजार रकम प्रदान गरि साे काेष स्थापनाकाे घाेषणा गरेका हुन् ।
महासचिव मिश्रले आज पर्न गएकाे आफ्नो जन्मदिनकाे अवसरपारी साे वृत्ति काेषकाे घाेषणा गरेका छन् । मिश्रले दिएकाे जानकारी अनुसार मधेस आन्दोलनमा सहादत प्राप्त परिवारका बालबालिकाकाे समुचित शैक्षिक उत्थान एवं सामाजिक समावेशीकरणमा केन्द्रित रहने यो कोष कानुनी सल्लाहमा एक विशेष टिमद्वारा सञ्चालित हुनेछ।सहीद परिवारकाे साथ, सम्पूर्ण समाज´ भन्ने नाराका साथ स्थापित कोषका लागि महासचिव एवं प्रवक्ता मिश्रले व्यक्तिगत तर्फबाट ५१ हजार रूपैयाँसहित प्रारम्भिक योगदान घोषणा गरेका छन् ।
शहीदहरूको बलिदानको सम्मान यस अभियानप्रति शुभेच्छुक र पार्टीका अन्य सदस्यहरूको समेत सहयोग र सहकार्यकाे अपेक्षा गरिएको छ।




प्रतिक्रिया