काठमाडौं, २८ जेठ । सुनचाँदी व्यवसायीले अर्थमन्त्री विष्णु पौडेलसँग सुनमा लगाइएको विलासिता कर र हिरा(जवाहरत पत्थरमा लगाइएको भ्याट खारेज गर्न माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिका संयोजक विपिन रामुदामको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसँग विलासिता कर र भ्याट खारेज गरिदिन आग्रह गरेको हो ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष ०८२(०८३ को बजेट भाषणमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरा(जवाहरत पत्थरमा १३ प्रतिशत भ्याट लगाइएको घोषणा गरेका थिए ।
सरकारले बजेट भाषणमार्फत गरेको घोषणाले आम सुनचाँदी व्यवसायीमा परेको समस्या अर्थमन्त्री पौडेलसमक्ष राखिएको संयोजक रामुदामले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।





प्रतिक्रिया