काठमाडौं, ४ असार । आज सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । अहिले केहिबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा कांग्रेस पुराना नेता एवं पूर्वसांसद ढुंण्डीराज शास्त्रीप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै त्यसको शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।
शास्त्रीको ९३ वर्षको उमेरमा सोमबार निधन भएको थियो। कांग्रेस नियमित केन्द्रीय कार्यसमितिको बैठक असार १५ गतेका लागि बोलाएको छ। कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको छ ।




प्रतिक्रिया