संसद्मा रास्वपा र राप्रपाको अवरोध कायमै


काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद अवरोध कायमै राखेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति बन्नु पर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनीहरुको माग छ ।

सभामुख देवराज घिमिरले संसद्को कारबाही अगाडि बढाएपछि रास्वपाका सांसदहरुले नाराबाजी गरेका छन् । उनीहरुले ‘हाम्रो आन्दोलन जारी छ, गृहमन्त्री राजीनामा दे’ लगायतका नाराबाजी गरेका छन् ।