काठमाडौं महानगरले ल्याउन सकेन बजेट


काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट ल्याउन असफल भएको छ । कानुनी व्यवस्थाअनुसार असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने हुन्छ । देशभरका अधिकांश पालिकाहरुले बजेट ल्याउँदा जनसंख्याको हिसाबले सबैभन्दा ठूलो महानगर बजेट ल्याउन असफल भएको हो ।

काठमाडौंका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको टकराबको कारण समयमा बजेट आउन नसकेको हो ।