एमाले सचिवालय बैठक २ घण्टा सर्यो


काठमाडौं, ११ असार । नेकपा (एमाले) को सचिवालय बैठक सरेको छ । आज दिउँसो १ बजेको लागि बोलाइएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्य व्यस्तताले सरेको हो । बैठक दिउँसो ३ बजेट पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा बैठकमा छलफल हुने बताइएको छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुने कार्यतालिका रहेको छ । File Photo/RN