काठमाडौं, ११ असार । इँटाभट्टामा मानिसलाई जिउँदै जलाएको आरोपमा मोहम्मद अफ्ताब आलमलाई सफाइ दिएको उच्च अदालत वीरगन्ज इजलासको फैसला सार्वजनिक भएको छ । न्यायाधीशद्वय डा.खुसी प्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलाई उक्त मुद्दामा सफाइ दिएको थियो । यसअघि सो मुद्दामा रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको सजाय गरेको थियो ।
आलमलाई सफाइ दिँदा लिइएका आधारहरुमा बम विस्फोट भएको प्रमाणको अभावमा घटना भएको पुष्टि नभएको, शव जलाइएको पुष्टि नभएको, साक्षीले बयान फेरेका लगायत रहेका छन् ।
‘बम विस्फोटको वारदात भएको भनिएकोमा सो वारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको, सो विषयमा जाहेरी परी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने यकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधिवक्ता कार्यालयबाट मिति २०६५र०३र३० मा कसै उपर मुद्दा नचलाउने गरी निर्णय गरेको देखियो,’– फैसलामा भनिएको छ ।
फैसलाको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।




प्रतिक्रिया