मलाई राज्यमन्त्रीबाट हटाउनु कांग्रेसको बेइज्जती होः कान्छाराम तामाङ


काठमाडौं, १२ असार । नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफू सरकार ढाल्न तयार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै सरकार ढाल्नलाई कोरम पुगेको खण्डमा आफू एक थपिन तयार रहेको बताएका हुन् । ‘म एउटाले के गर्न सक्छु र भन्नुस् न । ढाल्न कोरम पुग्यो भने त्यसमा थपिन म तयारी छु,’– उनले भने ।

साथै, उनले आफूलाई राज्यमन्त्रीबाट हटाइनु आफ्नो नभएर नेपाली कांग्रेसको बेइज्जती भएको बताए । ‘बेइज्जत गरेर हटाए है, बर्खास्तीमा पर्नुभयो ?’ भन्ने प्रश्नमा उनले भने, ‘मेरो बेइज्जती होइन नि । यो नेपाली कांग्रेसको बेइज्जती हो । यो गिरिजा प्रसाद कोइरालाको बेइज्जती हो, सुशिल कोइरालाको बेइज्जती हो, गणेशमानको बेइज्जती हो । मैले भ्रष्टाचार गरेको भए पो तैले पार्टीको बेइज्जत गरिस् भन्नु ! नेपाली कांग्रेसको बेइज्जती भएको छ,’– उनले भने ।