सर्वोच्चका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ आइतबार, त्यसअघि नै उजुरीकर्तासँग छलफल गरिने


काठमाडौं, १२ असार । सर्वोच्च अदालतमा प्रस्तावित चार न्यायाधीशको सुनुवाइ आइतबार हुने भएको छ । संसदीय सुनुवाइ समितिले विहीबार प्रस्तावित न्यायाधीशमाथि परेका उजुरी खोल्दै आइतबारलाई सुनुवाइ तोकेको हो । उजुरीकर्तासँग शुक्रबार छलफल हुनेछ ।

न्याय परिषद्ले श्रीकान्त पौडेल, मेघराज पोखरेल, महेश कुमार नेपाल, शान्ति सिंह थापालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ । प्रस्तावित सर्वोच्चका न्यायाधीश पौडेल र नेपालविरूद्व २र२ उजुरी, थापाविरूद्व १ उजुरी परेको छ । नेपालविरूद्व भने उजुरी परेको छैन ।

सुनुवाइ समिति सदस्य सुनिता बरालकाअनुसार प्रस्तावित न्यायाधीशविरूद्व सात वटा उजुरी परेका छन् । पाँचवटा व्यक्तिगत र दुइटा सैद्धान्तिक उजुरी परेको छ । File Photo/RN