काठमाडौं, १३ असार । नेपाली कांग्रेसले एक रोपनी तीन आना तीन पैसा जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरेको छ । कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य उक्त घरसहितको जग्गा किन्ने सम्झौता भएको हो ।
सो जग्गा ललितपुरका अमिरमान अमात्यको हो । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा बैना भएको छ । धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।




प्रतिक्रिया