एमालेको राजनीतिमा फर्किने विद्या भण्डारीको उद्घोषले असन्तुष्ट समूह उत्साहित देखियोः टीकाराम भट्टराई


काठमाडौं, १५ असार । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले एमालेको सक्रिय राजनीतिमा फर्किने विद्यादेवी भण्डारीको उद्घोषले एमालेको निष्कृय र असन्तुष्ट समूह उत्साहित देखिएको बताएका छन् । मदन भण्डारी फाउन्डेशनले हिजो आयोजना गरेको कार्यक्रमबाट भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेको बताएकी थिईन् ।

उक्त कार्यक्रममा सहभागी भएका वरिष्ठ अधिवक्ता भट्टराईले आफ्ने अनूभूति साझा गर्दै भनेका छन्, ‘पछिल्लो एमाले विभाजनपछि निष्क्रिय बसेका वा असन्तुष्ट भएका वा मौन बसेका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता देखियो ।’

कोअर्डिनेशसन केन्द्र कालदेखि निरन्तर नेतृत्वमा रहेका वरिष्ठ नेताहरु अमृत बोहोरा, ईश्वर पोखरेल, युबराज ज्ञवाली, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डेसमेतको उपस्थितिमा बिद्या भण्डारीले राजनितिमा पुन सकृय हुने घोषण गर्दा हल उत्साहित देखिएको र ताली बजेको समेत उनले उल्लेख गरेका छन् । उनले हिजोको सो कार्यक्रमलाई दस बर्ष यता त्यो हलमा भएका मध्येको खचाखच र ओभर क्राउडेड कार्यक्रम हो भन्ने टिप्पणी धेरैबाट सुनिएको बताएका छन् ।

‘कार्यक्रम पश्चातको अनौपचारिक गफमा आजको इश्वर पोखरेलको खुलेको भाषणको बारेमा धेरैले प्रतिक्रिया जनाएको पाईयो । लाग्दथ्यो उहाँले वरिष्ठ नेताको हैसियतमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनितिमा औपचारिक आमन्त्रण गर्दै हुनुहुन्थ्यो,’– उनले भनेका छन् ।