काठमाडौं, १५ असार । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं प्रतिनिधसभा सदस्य रेखा शर्माले विद्यालय शिक्षको सुधारका लागि कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था ऐनमा नै उल्लेख गरेर जानुपर्ने बताएकी छन् । आज (आइतबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको छलफलमा भाग लिँदै उनले विद्यालय शिक्षाको सुधारको लागि यस प्रकारको व्यवस्था आवश्यक रहेको बताएकी हुन् ।
‘विद्यालय शिक्षा सुधारको निम्ति हामीले हाम्रा छोराछोरी सामुदायिक विद्यालयमा पढाउँदैनौं भने कसले पढाइदिने ? अहिले कतिपय स्थानीय तहका प्रमुखहरुले, वडाअध्यक्षहरुले त्यो सुरुवात पनि गरेका छन् । हामीले नलेखे पनि सुरुवात गरेका छन् । त्यसकारण त्यो कुरालाई पनि प्रमोट गर्न राज्य कोषबाट तलब सुविधा लिने कर्मचारी, जनप्रतिनिधि, शिक्षक सबैका बच्चाबच्चीहरु सामुदायिक विद्यालयमा पढ्नुपर्ने छ भन्ने व्यवस्था गरियो भने विद्यालय शिक्षाको सुधार यहाँबाट सुरु हुन्छ,’– उनले भनिन् ।
समयावधि राखेर भए पनि यो व्यवस्था राख्न आवश्यक रहेको उनको भनाइ छ । विद्यालय शिक्षको सुधारमा यो कोशेढुङ्गासावित हुने उनले बताईन् ।




प्रतिक्रिया