काठमाडौं, १५ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले योग्यताका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भिसी) नियुक्त गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयको नेतृत्व हाल निमित्त व्यवस्थामार्फत सञ्चालन भइरहेको अवस्थामा नेविसंघले उपकुलपति नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्रणालीको माग गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले परिपत्र जारी गरेका हुन् ।
शेर्पाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘त्रिभुवन विश्वविद्यालयको नेतृत्व हाल निमित्तवादमा चलिरहेको विदितै छ । विश्वविद्यालयका पदाधिकारीबाट आफ्नो व्यक्तिगत अभिष्ट पूरा गर्न ऐनविपरित मनपरी ढंगले विनियम, कार्यविधि निर्माण गरी जारी गरिएको विषय हाल नेपालको सार्वभौम संसदीय समितिमा छलफलको विषय बन्नु लज्जास्पद हो भन्ने हाम्रो बुझाई हो छ ।’
विश्वविद्यालयको उपकुलपति लगायत विभिन्न पदाधिकारीहरु दलीय भागबण्डाको आधारमा नियुक्ति गर्न विभिन्न प्रपञ्च रचिएको भन्दै नेविसंघले गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । यस्तो छ अध्यक्ष शेर्पाले जारी गरेको विज्ञप्ती :





प्रतिक्रिया