सङ्घीय निजामति सेवा विधेयक पारित


काठमाडौँ, १५ असार । प्रतिनिधिसभाबाट सङ्घीय निजामति सेवा विधेयक पारित भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामति सेवा विधेयक-२०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।

‘संघीय निजामति सेवा विधेयक २०८२ पारित भएको घोषणा गर्दछु,’– सभामुख घिमिरेले भने ।