काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार


काठमाडौं, १५ असार । काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार भएका छन् । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भए काठमाडौं गोंगबु बस्ने २१ वर्षीय दशरथ शाही हत्कडीसहित फरार भएका हुन् ।

चोरी मुद्दामा पक्राउ परेका उनलाई आज थुनछेक बहसको लागि अदालत उपस्थित गराइएको थियो । ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका हुन् । फरार भएका शाहीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।