काठमाडौं, १६ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आफूहरु एमालेबाट हेपिएको भान भइरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसको ओझ र सामर्थ्यअनुसारको भूमिका नभएको बताएका हुन् । उनले आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा यस बारेमा पनि छलफल हुने बताए ।
‘नेपाली कांग्रेस पार्टी सरकारको नेतृत्वकर्ता दलबाट हेपिएको हो कि ? उसले कांग्रेसको ओझ र सामर्थ्य नबुझेको हो कि जस्तो पनि लागिरहेको छ । मैले बारम्बार लामो समयदेखि उठाउँदै आएको छु । यो विषयमा पनि कुरा हुन्छ,’– उनले भने ।




प्रतिक्रिया