काठमाडौं, १५ असार । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ वटा निर्णयहरु गरेको छ ।
बैठकले सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरुमा पूर्वसचिवहरु रोहितकुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णयसमेत भएको छ ।
साथै, बैठकले असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोइमा हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ । File Photo/RN





प्रतिक्रिया