काठमाडौं, १६ असार । काठमाडौं उपत्यका विकास प्राधिकरण, विकास आयुक्त जानुका ढकालले सरकारी गाडीको दुरुपयोग गरेकी छन् । ढकालले हाल सरकारबाट दुई वटा गाडीको सुविधा लिइरहेको छिन् । एउटा गाडी भने उनले आफ्ना श्रीमान विनोद पछाईँलाई चढ्न दिएकी छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयद्वारा सञ्चालित, उपभोक्ताको सम्पत्तिबाट किनेको द्विव्यश्वरी जग्गा एकीकरण आयोजनाको गाडी उनले आफ्नो श्रीमान पछाईँलाई चढ्न दिएकी हुन् ।
आफ्ना श्रीमन पछाईँलाई गाडी चढ्न दिएको सन्दर्भमा विकास आयुक्त ढकालाई बारम्बार अख्तियार र सतर्कता केन्द्रले समेत सचेत गराएको स्रोतको दाबी छ । अख्यिार र सतर्कतालाई समेत अटेर गरी उनले स्कर्पियो गाडी आफ्ना श्रीमानलाई चढ्न दिएकी हुन् ।
उनी आफूले भने बा १६ च ४२५७ को मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी चढिरहेकी छन् । सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको विषयमा उनी बेलाबेलामा चर्चामा आइरहेकी छन् । यसो त नितान्त प्राविधिक क्षेत्रको काम गर्ने संस्थामा विकास आयुक्तमा उनको नियुक्ति नै आश्चर्यको विषय बनेको थियो । रमेश सिंह सहरी विकास सचिव भएको बेलामा उनको विकास आयुक्तमा नियुक्ति भएको थियो ।




प्रतिक्रिया