काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोरले देशमा सबै भ्रष्ट रहेको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेतामात्रै नभएर सबै भ्रष्ट रहेको बताएका हुन् । उनल भ्रष्टाचार नियन्त्रणको लागि सबैभन्दा पहिला समाज तयार हुनुपर्ने उनले बताए । नेपाली समाज भ्रष्टाचार नियन्त्रणको लागि तयार भइनसकेको उनको टिप्पणी छ ।
‘नेतामात्रै भ्रष्ट होइन । यो देशमा सबै भ्रष्ट छन् । सबै भ्रष्ट भएर त भ्रष्टाचार नियन्त्रण हुन सकेन । भ्रष्टाचार नेपालमा मात्रै छैन, संसारभरी भ्रष्टाचार छ । चाइनामा फाँसी दिन्छ, त्यहाँ पनि भ्रष्टाचारी छ । चाइनामा हाम्रो हाराहारीमा भ्रष्टाचार छ । भारतमा भ्रष्टाचार छ, यूरोप, अमेरिकामा भ्रष्टाचार छ । यहाँ अलिकति बढी भयो भन्नेमात्रै हो । त्यो चाहीँ के छ भने हाम्रो समाज नै तयार भएको छैन । भ्रष्टाचार रोक्नलाई समाज तयार हुनुपर्यो नि त,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले नेपालल समाजवादी पार्टी (नयाा शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई पूर्ण रुपमा असफल भइसकेको बताए । आफैं असफल भइसकेका भट्टराई अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पछि लागेको उनले बताए । आफैं अप्ठ्रोमा रहेको रास्वपाको पछि लागेर बाबुराम भट्टराई कतै पनि नपुग्ने उनले बताए ।




प्रतिक्रिया