काठमाडौं, १७ असार । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनको आवश्यक पूर्व तयारी गरिएको बताएका छन् । आज (मंगलबार) राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले विपद्पछिको प्रतिकार्यका लागि आवश्यक तयारी पूरा भएको बताए । उनले विपद् व्यवस्थापन र विपद्पछिको उद्दारको सन्दर्भमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायलाई सरकारले निर्देशन दिइसकेको उनले बताए ।
हामी विपद् व्यवस्थापनको कार्यमा विपद् हुनुभन्दा पूर्व तयारी र विपद भइसकेपछि त्यसको प्रतिकार्यका लागि सरकारले गर्नुपर्ने आवश्यक तयारीहरु गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीलगायतका सुरक्षा निकायहरुलाई त्यसको लागि आवश्यक निर्देशन दिइएको छ । आवश्यक कामहरु अगाडि बढेको छ ।
साथै, विपद्को समयमा काठमाडौं उपत्यकाभित्र हेलिकोप्टरबाट निःशुल्क उदारको लागि आज सहमति गरिएको उनले बताए । उपत्यका बाहिर पनि न्यूनतम शुल्कमा उदारको कार्यमा खटिन नीजी क्षेत्रले हेलिकोप्टर पठाउने उनले बताए । File Photo/RN




प्रतिक्रिया