कांग्रेस-एमालेसहितको गठबन्धन सरकारमा माओवादीको पनि अघोषित समर्थन छः रोशन कार्की


काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य रोशन कार्कीले कांग्रेस–एमालेसहितको वर्तमान सरकारलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पनि अघोषित समर्थन रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएकी हुन् । नेतृ कार्कीले भिजिट भिसा प्रकरणमा माओवादीले सरकारसँग लेनदेन गरेको दाबी गरिन् । उक्त प्रकरणमा माओवादीले ‘गिभ एण्ड टेक’ गरेको उनको आरोप छ ।

‘दुई वटा ठूला दल त मिले–मिले । माओवादी पनि गिभ एण्ड टेकमा उतैतिर मिल्यो । अहिलेको सरकार त दुई वटा ठूला दलबाट बनेको सरकार र अर्को प्रमुख प्रतिपक्षको अघोषित समर्थन भएको सरकार हो । अघोतित समर्थन छ सरकारको,’– उनले भनिन् ।

भिजिट भिसा प्रकरणमा सरकारले बताएको छानविन समिति दोषीलाई कारबाही गर्न भन्दा पनि प्रमाण नष्ट गराउन र दोषीलाई उम्काउन बनाइएको उनको दाबी छ ।