काठमाडौं, १८ असार । विकास हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आजदेखि खुला भएको छ । आईपीओ खरिद गर्न चाहनेहरुले आजदेखि असार २२ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । आईपीओ बिक्री प्रवन्धक प्रभु क्यापिटल रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीको जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँ छ ।
न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बताइएको छ ।




प्रतिक्रिया