काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य हृदयराम थानीले नेताहरुको विदेशी बैंकमा पैसा रहेको कुरा अख्तियारका प्रमुख प्रेम कुमार राईले स्वीकार गरिसकेको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अख्तियार प्रमुखले विदेशमा रहेको पैसा फिर्ता ल्याउन सरकारले समन्वय नगरिदिएको गुनासो पोखेको बताएका हुन् ।
‘अख्तियारको प्रमुखले नै भन्नुभएको छ नि सिङ्गापुरमा पैसा छ, त्यो फिर्ता ल्याउँ भन्दा सरकारले समन्वय गरेर चिठी लेख्दैन भन्नुहुन्थ्यो उहाँले,’– उनले भने ।




प्रतिक्रिया