सरकारको आलोचना गर्नेहरुले आफू सरकारमा हुँदा के गर्यौं भन्ने कुरा बिर्सन हुँदैनः उपप्रधानमन्त्री सिंह


काठमाडौं, १८ असार । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती सेवा विधेयकका कुलिङ पिरियडमा भएको चलखेल छानविन गरी दोषीमाथि कारबाही गरिनुपर्ने बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले कुलिङ पिरियडको सन्दर्भमा तलमाथि गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याएर कारबाही गरिनुपर्ने बताएका हुन् ।

साथै, फरक प्रसंगमा उनले सरकारको ओलोचना गर्नेहरुले आफू सरकारमा बस्दा के गर्यौं भन्ने बिर्सन नहुने बताए । उनले आफूले जनताको लागि काम गरिरहेको पनि दाबी गरे ।