काठमाडौं, १८ असार । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले गिरिजाप्रसाद कोइरालाकै कारण नेपालमा दिगो शान्ति स्थापित भएको र लोकतन्त्र सुनिश्चित् भएको बताएका छन् । गिरिजा प्रसाद कोइरालाको १०२औं जन्मजयन्तीको अवसरमा आज (बुधबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले गिरिजा प्रसाद कोइरालाकै नेतृत्वमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताए ।
उनले भने,‘मैले गिरिजाप्रसाद कोइरालासँग पत्रकारिता गर्दा १७ वर्ष संगत गरेको थिएँ । पहिलोपटक प्रधानमन्त्री हुँदाको गिरिजाप्रसाद कोइराला, दोस्रो जनआन्दोलन सफलतापछि प्रधानमन्त्री भएको गिरिजाप्रसाद र उहाँको आखिरी दिनमा मैले उहाँसँग संगत गरेको थिएँ । मैले गिरिजाप्रसाद कोइरालाबाट धेरै कुरा सिकेको छु । उहाँबाट इमानदारिता, समर्पण, त्याग, निष्ठा अनि संघर्ष सिकेको छु । लोकतन्त्रमा कोहीसँगपनि कहिल्यैपनि सम्झौता नगर्ने कुरा सिकेको छु । आज लोकतन्त्र नेपाली जनताको जीवन पद्धती बनिसकेको छ । आज गिरिजाप्रसाद कोइराला नभएको यो देशमा लोकतन्त्र आउँदैन थियो । उहाँले हिम्मत नगरेको नभए हिंसात्मक गतिविधि गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान सभाको निर्वाचन गरेर संधिवान आउने थिएन । माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि गिरिजाबाबु अब नेपालमा लोकतन्त्र कहिल्यैपनि कसैले खोस्न सक्दैन भन्नुभयो ।’
तर, नेपालका नेताहरू नसुध्रिए र नसच्चिए लोकतन्त्रमा खतरा आउनसक्ने पनि उनले औंल्याए । उनले भने,‘आज गिरिजाप्रसाद महान नेता हो । मैले त गणेशमान सिंहसँग पनि लामो संगत गरें । सुशिल कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी सबैसँग संगत गरेको थिएँ । गिरिजा प्रसाद कोइराला नेपाली लोकतान्त्रिक आन्दोलनको महानायक हो ।’ उनले जिपी कोइराला मेमोरियल कलेजलाई गिरिजाबाबुको इतिहास पढाउनसमेत आग्रह गरेका छन् ।
उनले गिरिजाबाबुले कहिल्यैपनि मिडियासँग पूर्वाग्रह नपालेको स्मरण गराए । उनले भने,‘उहाँसँग उन्नत किसिमको राजनीतिक संस्कार थियो । तर, नेताहरुले नैतिकता गुमाए । इमानदारिता गुमाए ।’ २०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेर गिरिजाबाबुलाई समेत नजरबन्दमा राखेपछि माघ २७ गते राति २ः३० बजे आफूसँग गिरिजाबाबुरले भेट गरेको पनि धमलाले स्मरण गराए । गिरिाले आफूलाई तत्क्षण भनेको कुरा स्मृतिमा ल्याउँदै धमलाले भने,‘अब नेपालमा प्रजातन्त्र ल्याउन धेरै गाह«ो छ । पत्रकारहरूले पनि साथ दिनुपर्छ । युवा पुस्ता उत्साही हुनुपर्छ । तीन घण्टा लामो कुराकानी भयो । उहाँले भन्नुभएको थियो भारतले जबसम्म लोकतान्त्रिक आन्दोलनमा समर्थन गर्दैन, तबसम्म नेपालमा लोकतन्त्र आउँदैन । भारतीय नेताहरुलाई भेट्नुहोस भन्नुभयो । तपाईंको राम्रो छ भनेर मलाई भन्नुभयो ।’ विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक आन्दोलनमा समाहित गर्न अन्तर्राष्ट्रिय समर्थन चाहिने कुरा गरेको पनि उनले स्मरण गराए ।
उनले २०६४ सालको संविधानसभाको निर्वाचन ताका चुनावी कार्यक्रममा जाँदा नेपालगञ्जको एक होटलमा आगलागीमा परेको र झण्डै ज्यान गुमाएको स्मरण गराए । तर, गिरिजाबाबुले नै आफूलाई बचाएको पनि उनले सम्झिए । उनले भने,‘मलाई गिरिजाप्रसाद कोइरालाले बचाएको हो । बाँकेले बचाएको हो । म बसेको होटलमा आगजानी भयो । सुशिल कोइराला बाँकेमै हुनुहुन्थयो, उहाँले गिरिजालाई फोन गर्नुभएको थियो । १७ घण्टा बेहोस भएको थिएँ । गिरिजाले फोन गरेर प्रधानसेनापति रुकमांगत कटवाल हुनुहुन्थयो, उहाँले हेलिकप्टर पठाएर म काठमाडौं आएको हुँ । यो मेरो दोस्रो जीवन हो ।’
धमलाले लोकतन्त्र आफ्नो लागि जीवन–पद्धती भएको सुनाए । उनले भने,‘व्यवस्था खराब होईन । जनता खराब होइन । दल खराब होईन, नेतृत्व खराब हो । नेताहरुले भ्रष्टाचार नगरेको भए देश धनी बनिसक्दथ्यो । अन्तिम समयमा गिरिजाप्रसाद कोइरालाले सुशासनलाई मुख्य एजेण्डा बनाउनुभएको थियो ।’ धमलाले गिरिजाबाबु एशियाको राजनेता भनेर चिनिएको पनि सुनाए । उनले भने,‘भारतीय प्रधानमन्त्री मनमोहन सिंहले त अन्तर्राष्ट्रिय एयरपोर्टमा आएर गिरिजाबाबुरलाई स्वागत गर्नुभएको थियो, उहाँले गिरिजाबाबुलाई एशियाको राजनेताको संज्ञा दिनुभएको थियो । गिरिजाप्रसाद कोइराला दुरदर्शी नेता हो । उहाँको नेतृत्वको कारण नेपालमा दिगो शान्ति छ ।’




प्रतिक्रिया