एकीकृत समाजवादीको सचिवालय बैठक ११ बजे


काठमाडौं, १९ माघ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । आज (बिहीबार) विहान ११ बजे बस्ने बैठकमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको विषयमा केन्द्रित भएर छलफल हुने भनिएको छ । नेपालमाथि काभ्रेको पतञ्जली जग्गा प्रकरणमा मुद्दा लागेको छ ।

आजको बैठकमा नेतृ रामकुमारी झाँक्रीले अध्यक्षमाथि गरेको टिप्पण्ीको विषयमा समेत छलफल हुने भनिएको छ । झाँक्रीले अध्यक्षमाथि मुद्दा लागेपछि मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन् । उनको यो अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरणसमेत सोधेको बताईन्छ । झाँक्रीलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा समेत छलफल हुने भनिएको छ । file photo