सुनचाँदी व्यावसायीहरु आन्दोलित, १७औं दिनमा रिले अनशन


काठमाडौं, १९ असार । नेपाल सुनचाँदी व्यावसायी कालीगढ तथा संघर्ष समितिको रिले अनशन १७ दिनदेखि जारी रहेको छ । सरकारले गत जेठ १५ गते बजेटमार्फत सुन तथा बहुमूल्य पत्त्थरमा भ्याट, कर र अतिरिक्त शुल्क, लगाएर आम उपभोक्ता र सुन चाँदी व्यवसायीहरुलाई मारमा पारेको भन्दै उनीहरुले रिले अनशनमार्फत विरोध जनाएका हुन् ।

सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गरिनुपर्ने, कानुनबमोजिम नगदसरहको सम्पत्ति कार्यान्वयन गरिनुपर्ने, हिरा, जुवाहरत पत्त्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज हुनुपर्ने, कोटा प्रणाली खारेज गरी २५, ५० र १०० ग्रामका सुनका टुक्राहरु करचुक्ताको आधारमा गहना उत्पादक तथा कालिगढ र व्यवसायीहरुले सहज रुपमा खरिद गर्न सक्ने व्यवस्था गरिनुपर्ने उनीहरुको माग छ ।