काठमाडौं, १९ असार । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने उद्घोष गरेको छ । सल्लाह नगरी सुदूरपश्चम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा चिढिएको हो ।
‘अब हामी प्रतिपक्षमा बस्छौँ । जेलबाट हुण्डी खाने सर्वहाराहरु सामाजिक संजालमा कराउँदैछन्,’– नाउपाका संरक्षक रेशमलाल चौधरीले भनेका छन् ।
संघीय सरकारमा राज्यमन्त्री रहेका अरुण चौधरीले भोलि (शुक्रबार) राजीनामा बुझाउने बताइएको छ ।




प्रतिक्रिया