काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सुदेश पराजुलीले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सत्ताको बुख्याचा बनाएको आरोप लगाएका छन् । आज (शुक्रबार) नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको ५औं अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीसँग यसको हिसाबकिताब हुने बताए ।
‘केपी ओली तिम्रो सत्ताको बुख्याचा बनाएर अख्तियार दुरुपयोगलाई जुन ढङ्गले दुरुपयोग गरिरहेका छौ, त्यसको हिसाब नेपाली विद्यार्थीले, नेपाली युवाले, गर्नेछन् । त्यसको लागि तिमी राम्रोसँग सोचेर बस,’– उनले भने ।
साथै, उनले पार्टी अध्यक्ष माधव कुमार नेपालाई आफूहरु साथमा रहेको बताए । अख्तियारले भ्रष्टचार मुद्दा दायर गरेकोतर्फ लक्षित गर्दै उनले नआत्तिन अध्यक्ष नेपाललाई भने । उनले भने, ‘हामी माधव कमरेडलाई भन्न चाहन्छौं– तपाईँले खुट्टा कमाउने होइन, हिम्मत हार्ने होइन । तपाईँले आँट गर्नुपर्छ, दृढता व्यक्त गर्नुपर्छ । तपाईँसँग तमाम युवाहरु छन्, पार्टी पङ्ति छ ।’ File Photo/RN




प्रतिक्रिया